दाङको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दी पक्राउ

डिसी नेपाल
२५ भदौ २०८२ १७:३३
8
Shares

तुलसीपुर (दाङ)। यहाँको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दीलाई पक्राउ गरिएको छ। सेनाको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको कारागार कार्यालय तुलसीपुरका प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिए।

आज र हिजो कारागारबाट कैदीबन्दी भागेका थिए। आज बिहान मात्रै २५३ कैदीबन्दी भागेका थिए। तीमध्ये ४० जनालाई पक्राउ गरिएको हो। आज भागेका मध्ये २१३ र हिजो भागेका १२४ गरी ३३७ जना अझै फरार रहेको उनले बताए। भाग्नेहरू सबै पुरुष कैदी हुन्। कारागारमा जम्मा ४६९ कैदीबन्दी थिए। तीमध्ये महिला कैदीहरु भने भागेका छैनन्। कैदीहरूले कारागार तोडफोड गरी भागेका थिए। सेनाले हवाई फायर गर्दागर्दै पनि उनीहरू भाग्न सफल भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.