इन्द्रजात्रा पर्व समापन
काठमाडौं। हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिनदेखि परम्परागत रूपमा मनाइने सांस्कृतिक तथा ऐतिहासिक इन्द्रजात्रा पर्व समापन भएको छ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा ठड्याइएको लिङ्गो बिहीबार अपरान्ह ढालेसँगै जात्रा समापन भएको हो। देशको पछिल्लो अवस्थाका कारण क्षमापूजा गरि छिटै लिंगो ढालेर जात्रा समापन गरिएको हो।
इन्द्रजात्राको अन्तिम दिन कुमारी, गणेश र भैरवसहितको रथयात्रा गरिने परम्परा रहेपनि यस वर्ष रथयात्रा हुन सकेन। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ।
शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।







डिसी नेपाल







Facebook Comment