काठमाडौं महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु

डिसी नेपाल
२७ भदौ २०८२ १६:४३
144
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले ‘जेन–जी’ प्रदर्शनका क्रममा सडकमा यत्रतत्र छरिएका भग्नावशेष हटाउने कार्य सुरु गरेको छ।

फोहर तथा भग्नावशेष हटाउने क्रममा ब्रुमर, फोहर व्यवस्थापन र फोहर पन्छाउनेसहित १०० गाडी परिचालन गरिएको महानगरपालिकाअन्तर्गत वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिइन्।

प्रमुख राईका अनुसार कालीमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वरलगायत स्थानका सडक सफा गर्ने काम भइसकेको छभने अन्य केही स्थानको सडक सफा गर्ने काम जारी छ। उनले भनिन्, ‘हाल महानगरको सफाइ टोलीले कार्यालय र व्यक्तिको घर भने सफा गरेको छैन। सडक सफा गर्ने काम मात्र भइरहेको छ।’

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट उपत्यकास्थित प्रहरी कार्यालयमा उल्लेखनीय क्षति पुगेको र ती स्थानसहित व्यक्तिको घर, सार्वजनिक भवन तथा कार्यालय सफा गर्न अझै समय लाग्ने विभाग प्रमुख राईले जानकारी दिइन्।

यसैबीच, महानगरपालिकाले सिसाजन्य तथा हानिकारक फोहरलाई व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.