जेनजी आन्दोलनका नाममा बर्दिवासमा एक सय ८३ वटा सालका रुख कटान
सांकेतिक तस्बिर
धनुषा। जेनजी आन्दोलनका नाममा बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समिति अन्तर्गतको १८३ वटा सालका रुख कटान गरिएको छ
जेनजी आन्दोलनका क्रममा मंगलबार प्रदर्शनकारीले कार्यालयमा आगजनी प्रयास गरेपछि १८ वटा रुख काटेका थिए। भोलिपल्ट बुधबार थप १६५ वटा सालका रुख कटान गरिएको थियो। प्रहरीले रुख कटान गर्ने दुई युवालाई पक्राउ गरे पनि गाउँलेको दबाबमा छाडेको र अनुसन्धान भइरहेको जनाएको छ।
उपभोक्ता समितिका अध्यक्ष विनय झाका अनुसार जेनजी आन्दोलनको दिन दिउँसै कार्यालयमा पुगेर युवाले आगजनी प्रयास गरेका थिए।
प्रहरीले बुधबार रुख कटानमा संलग्न कृष्ण घलानसहित दुई युवालाई पक्राउ गरेको थियो। गाउँले सयौँको सङ्ख्यामा पुगेर घेरेपछि प्रहरीले छाडेको थियो। घटनाबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय महोत्तरीका डिभिजन प्रमुख अजयकुमार मिश्रले जानकारी दिए।







डिसी नेपाल







Facebook Comment