निषेधाज्ञा हटेसँगै आजदेखि जनजीवन सामान्य बन्दै

डिसी नेपाल
२८ भदौ २०८२ १९:५९
56
Shares

भक्तपुर। जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज मध्याह्नदेखि निषेधाज्ञा एवं कर्फ्यू हटाएपछि यहाँको जनजीवन सामान्य बन्न थालेको छ। यही भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनपछि सिर्जित अवस्थामा लगाइएको निषेधाज्ञा र कर्फ्यू हटेपछि जनजीवन सामान्य बन्न थालेको हो।

प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आज बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयानुसार जिल्लाको सुरक्षा व्यवस्था सुदृढ भएसँंगै कर्फ्यू स्थगित गरिएको जानकारी दिए। उनले आगलागीबाट क्षति पुगेका जिल्लाका सरकारी कार्यालहरूको क्षतिको विवरण संकलन गर्ने कार्यसँगै कार्यालयहरूको सफाइ गर्ने र नियमित सेवा सञ्चालनका लागि प्रयास भइरहेको बताए।

आज दिनभर भक्तपुरका सडकहरुमा सार्वजनिक यातायातबाहेकका अन्य यातायात सञ्चालन भएका छन्। नेपाली सेनाको टोली आज सडकमा छैनन् भने प्रहरीहरू नियमित काममा फर्कन थालेका छन्। आजदेखि बजारहरू खुलेका छन् भने नागरिकको आवतजावत बाक्लो बन्न थालेको भन्दै प्रजिअ घिमिरेले जनजीवन सामान्य बन्दै गइरहेको उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.