बौद्ध भाटभटेनीभित्र भेटिए ६ पुरुषको शव

डिसी नेपाल
२९ भदौ २०८२ ११:२०
544
Shares

काठमाडौं। बौद्धमा रहेको भाटभटेनीमा ६ वटा शव भेटिएको छ। प्रहरीका अनुसार शनिबार बेलुकी शव फेला परेका हुन्।

डढेको कारण शव पहिचान भएको छैन । सबै मृतक पुरुष भएको प्रहरीले जनाएको छ। डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ। जेनजीको प्रदर्शनको क्रममा भाटभटेनीमा आगजनी भएको थियो।

२३ भदौमा जेनजीको आन्दोलन भएको थियो। जेनजी आन्दोलनका क्रममा भाटभटेनी लगायत देशका विभिन्न स्थानमा रहेका सरकारी र निजी संरचनाहरुमा आगजनी भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.