खाद्य कम्पनीको चाडपर्वलक्षित सुपथ पसल सुरु
काठमाडौं। बडादसैँ, तिहार र छठ पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि सहुलियत पसल सुरु गरेको छ।
लिमिटेडले आजदेखि सुरु गरेको सहुलियत पसलमा प्रतिकेजी रु पाँच, सात र १० छुट दिइएको सूचना अधिकारी माधव मिश्रले जानकारी दिए। दाल, चामल, चिनी, गहुँका सामग्रीमा प्रतिकेजी रु पाँच छुट गरिएको छ। यसैगरी तेल, चिउरा, आटा, पीठो, मैदालगायत सामग्रीमा प्रतिलिटर र प्रतिकेजी रु सात छुट दिइएको छ।
चियापत्ती, जिरा, धनियाँ, रैथाने खाद्य वस्तुलगायत सामग्रीमा प्रतिकेजी रु १० छुट गरिएको सूचना अधिकारी मिश्रले जानकारी दिए। सहुलियत पसल छठसम्म सञ्चालन हुने जनाइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment