गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी फक्राउ

डिसी नेपाल
३० भदौ २०८२ २०:१६
40
Shares

गण्डकी। गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की, तनहुँ, पर्वत र म्याग्दीका कारागारबाट फरार एक हजार १९५ कैदीबन्दीमध्ये आज साँझसम्म ३९९ कैदीबन्दी पक्राउ परेका छन्।

गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तुलबहादुर कार्कीका अनुसार अझै ७९६ कैदीबन्दी फरार छन्। कास्की कारागारबाट ७७३ कैदीबन्दी भागेकामा २२५ जना पक्राउ परेका छन्। तनहुँ कारागारबाट भागेका ३२७ कैदीबन्दीमध्ये ११५ जना, पर्वत कारागारबाट भागेका १९ जनामध्ये नौ जना र म्याग्दी कारागारबाट भागेका ७६ मध्ये ५० जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतबाट भागेका ८३ थुनुवामध्ये एक जना पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले बताए। पोखराको सराङकोटस्थित बाल सुधारगृहबाट भागेका १०६ जनामध्ये १८ जना पक्राउ परेका छन्। बाल सुधारगृहबाट भागेका ८८ जना अझै फरार छन्।

फरार कैदीबन्दीमध्ये केही आफैँ फर्किएको र केहीलाई खोजतलास गरी नियन्त्रणमा लिइएको हो। प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले कारागारबाट भागेका कैदीबन्दीलाई आफैँ फर्कन आग्रह गरिएको बताए। ‘टोल छिमेक र समुदायमा कसैले भागेर गएका कैदीबन्दी र थुनुवा देखेमा प्रहरीमा खबर गर्न भनेका छौँ’, उनले भने। कारागार व्यवस्थापन विभागले कैदीबन्दी आफैँ कारागार नफर्किएमा विशेष सुरक्षा अपरेशन सञ्चालन गरेर पक्राउ गर्ने योजना बनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.