एसवाई प्यानल लिमिटेडको स्थगित आईपीओ असोज ७ देखि निष्कासन हुने

डिसी नेपाल
१ असोज २०८२ ११:३०
36
Shares

काठमाडौं। जेनजी आन्दोलनका कारण देशमा उत्पन्न विषम परिस्थितिका कारण स्थगित गरिएको एसवाई प्यानल लिमिटेडको आईपीओ अब आगामी असोज ७ गतेदेखि निष्कासन हुने भएको छ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५८ हजार ७१९ कित्ता शेयर पहिलो चरणमा जारी गर्न लागेको हो।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले गत भदौ १७ गते ५२ करोड ३२ लाख रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर जारी गर्न अनुमति दिएको थियो।

प्रथम चरणपछि कम्पनीले दोस्रो चरणअन्तर्गत ४० लाख ७६ हजार १५६ कित्ता शेयर आम सर्वसाधारणका लागि पनि जारी गर्ने जनाएको छ। उक्त आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले बहन गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *