कविता : छापामार

प्रकाशचन्द्र खतिवडा
४ असोज २०८२ ७:४९
52
Shares
सूर्य उदाउनु अगावै
भाले बास्ता नबास्ता
प्रशिक्षण सिध्याएर
छापामारहरु उकालो लागे।
सामन्तवाद, साम्राज्यवाद
समाजवाद, साम्यवाद
क्रान्ति र वर्ग संघर्ष
आन्दोलन र मुक्ति
कृषि क्रान्ति र सर्वहाराकरण
महिला मुक्ति र वर्गीय जीवन
सबै सबै बुझे या बुझेनन्
सर्वहारा मानिएका महिला र किसानहरुले ।
उनीहरु शोषित त थिए नै
शोषण गर्नेहरु
पूर्व जन्मको कथा हालेर
भाग्यवादको पछ्यौरी ओढाइ
शोषणमा लिप्त थिए।
अनपढ किसान र महिला
मालिकको मर्जीलाई शिरोधार्य गरी
आफू माथि शोषण भएको  कु्रा नबुझेरै
मालिकको चाकरी गर्थे
मालिक जुठो पूरो दिन्थे
उनीहरु जुठो पूरो खान विवश हुन्थे।
छापामारहरुले
मालिक विरुद्ध विद्रोह गर्न भने
शोषण विरुद्ध लड्न भने
अत्याचारले सीमा नाघी सक्यो
अत्याचार विरुद्ध  आवाज उठाउन भने
पसिनाको मूल्य लुटिएको छ
श्रमजिविहरु एक भइ उठन भने ।
निस्पट्ट अँध्यारो बसेका मान्छेहरु
आगाको झिल्को खोज्न थाले
क्रान्ति गर्नु नै थियो
कति बुझे, कति बुझेनन्?
झण्डा उठाउन थाले
लुटिएका सपना खोज्न भनी
चेतनाको दियो बाल्न थाले
हराएको गन्तव्य भेट्नलाई
मूलबाटो खन्न थाले
परिवर्तनका चौतारी बनाएर
सृजनाका गीत गाउन थाले।
छापामारहरुले जन विद्रोह गर्दै भने
अब उठ
अब जुट
दुःख सबै बगाएर
सुखको लिस्नो उक्लनु छ
पुस्तेनी सरि आएको दासत्व
दासत्व मोचन गर्नु छ
सामन्तवादको जरा खल्वल्याएर
सामन्तवादलाई ढाले पछि
विजयका विगुल फुक्नु छ
क्रान्ति हाम्रो मुक्ति हो
मुक्ति युद्ध जित्नु छ
राजा महाराजालाई धुलो चटाएर ।
सुन्दरहरैंचा-६, दुलारी, मोरङ



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *