छैटौँ खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमललाई
गोरखा । संविधान दिवसको अवसरमा लियो क्लब अफ गोरखाद्वारा आयोजित खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमल नेपालीले हात पारेका छन्।
गोरखा नगरपालिका–९ लक्ष्मीबजारदेखि गोरखा बसपार्कसम्मको चार किलोमिटर दूरी १८ मिनेट २८ सेकेण्डमा पार गर्दै नेपालीले प्रथम स्थान हासिल गरेका हुन्। सोही दूरी १८ मिनेट ३४ सेकेण्डमा पार गर्दै सरोज गिरी द्वितीय भएका छन्।
सनम गुरुङले सोही दूरी १९ मिनेट १९ सेकेण्डमा पार गर्दै तृतीय हुनुभएको छ भने १९ मिनेट ४४ सेकेण्डमा पार गर्दै प्रवीन थापाले सान्त्वना स्थान हासिल गर्नुभएको क्लबका अध्यक्ष राज गुरुङले जानकारी दिए।
क्लबले प्रथम हुनेलाई पाँच हजार नगद, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई तीन हजार मेडल र प्रमाण, तृतीय हुनेलाई दुई हजार नगद, मेडल र प्रमाण प्रदान गरेका छन् भने सान्त्वना हुनेलाई एक हजार पुरस्कार प्रदान गरेको क्लबका अध्यक्ष राज गुरुङले जानकारी दिए।
विजेता धावकहरूलाई गोरखा नगरपालिकाका मेयर कृष्ण रानामगर, गोरखा उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका लियो क्लब अफ गोरखाका सल्लाहकार भगवानबाबु मास्के, लियो डिस्ट्रिक्ट तीन सय २५ जे नेपालका अध्यक्ष बालकृष्ण परियार, लायन्स क्लब अफ गोरखाका अध्यक्ष अयोध्या जोशीले पुरस्कार प्रदान गरेका थिए।







डिसी नेपाल







Facebook Comment