आमसभालाई सम्बोधन गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ धनगढीमा

डिसी नेपाल
८ फागुन २०८२ १५:१२
80
Shares

धनगढी। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ देश दौडाहका क्रममा बिहीबार धनगढी पुगेका छन्। बिहीबार दिउँसो धनगढी बिमानस्थलमा समर्थकहरूले स्वागत गरेका छन्।

स्थानीय जनसमुदाय, पार्टीका नेता तथा कार्यकर्ताहरूले घिसिङलाई स्वागत स्वरुप फूलमाला, खादा तथा नाराबाजीसहित बाइक र्‍याली गरिएको छ।

विहान आफ्नै निर्वाचन क्षेत्र काठमाडौं ३ मा घरदैलो गरेका घिसिङ धनगढी हुँदै विभिन्न जिल्ला पुग्ने कार्यतालिका छन्। उनी कन्चनपुर, कैलाली, वर्दियामा हुने आमसभामा सहभागी हुनेछन्। सुदूरपश्चिमको भ्रमण सकेर उनी काठमाडौं फर्किने कार्यक्रम छ। त्यसलगत्तै अन्य जिल्लाको भ्रमणमा निस्कने कार्यक्रम छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *