उद्योग वाणिज्य संघ जुम्लामा रोकाया सर्वसम्मत

डिसी नेपाल
५ असोज २०८२ २३:१९
32
Shares

सुर्खेत । उद्योग वाणिज्य संघ जुम्लाको अध्यक्षमा व्यवसायी दिल बहादुर रोकाया सर्वसम्मत निर्वाचित भएका छन्। संघमा रोकायाको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ।

संघको अन्य पदाधिकारीमा वाणिज्यमा उपाध्यक्षमा डम्बर कुमारी खड्का, उद्योग उपाधणयक्षमा बालकृष्ण बुढा र महिला उपाध्यक्षमा सुनिता श्रेष्ठ निर्विरोध निर्वाचित भएको निर्वाचन समितले जनाएको छ। संघको महासचिवमा महासचिवमा देवेन्द्रराज उपाध्याय र कोषाध्यक्षमा अनुपमा रोकाया चयन भएका छन्।

त्यस्तै संघको खुला सदस्यमा मन्न थापा, मेगराज देवकोटा, टेकेन्द्र प्रसाद नगरकोटी, भगवती थापा र राष्टु कठायत निर्वाचित भए।

महिला सदस्यमा रम्वा भन्डारी, जनजाती सदस्यमा नन्द बहादुर गुरुङ, दलित सदस्यमा हरि बहादुर सार्की, एसोसिएट सदस्यमा रवि मनिहार र वस्तुगत सदस्यमा ज्ञान बहादुर विक निर्वाचित भएका छन्।लेखा समिति संयोजकमा जीवन कठायत, सदस्यमा कृष्ण चौलागाई र अटल शाही निर्वाचित भएको निर्वाचन अधिकृत दिल बहादुर महतले जानकारी दिए। निर्वाचित पदाधिकारीलाई सोमबार शपथ ग्रहण गराइने उनले जानकारि दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *