जेन-जीको आन्दोलन र समसामयिक चेतनाको पूर्णपाठ
जेन-जी आन्दोलनमा कलिला जीवनलाई बलिदान गरेर सहीद बनेका नेपालका भाइ बहिनीहरुका आत्मको चीरशान्तिको प्रार्थना गर्दै शोक सन्तप्त परिपारप्रति हार्दिक समबेदना प्रकट गर्दै यो आलेख तयार पार्न गइरहेको छु। कसैप्रति सोजेर, रिसाएर लेख्ने बानी मेरो छैन, संजोगले पर्न गए माफी गरिदिनु होला।
भदौ २३ र २४ मा सम्पन्न जेन-जीको आन्दोलनलाई लिएर नेपालका थुप्रै विद्वानहरूले आफ्ना विचारहरू अत्यन्त शास्त्रीय शैलीमा प्रस्तुत गर्दै यस आन्दोलनको पृष्ठभूमिलाई महाभारतको कुरुक्षेत्र युद्धसँग तुलना गरेका छन्।
यसरी पौराणिक दृष्टान्तहरूको प्रयोग गर्दै आफूलाई विद्वान प्रमाणित गर्ने प्रयास देखिन्छ-कसैले चक्रव्यूहको अभिज्ञान पात्रको रूपमा आन्दोलनकारीलाई चित्रण गरेका छन् भने, कसैले संजयको दिव्य दृष्टिको माध्यमबाट अमेरिका बसेर काठमाडौंको कुरुक्षेत्र युद्धको विवरण अन्धा धृतराष्ट्रलाई सुनाइरहेको शैलीमा लेख प्रस्तुत गरेका छन्।
यस प्रकारको लेखनले आन्दोलनलाई पौराणिक आख्यानहरूसँग जोडेर विश्लेषण गर्ने प्रवृत्ति देखाउँछ। तर अब समय आएको छ-अरूले पनि लेख्लान्, “नेपाल त हनुमानजीको पुच्छरको आगोले जलेको हुन् भनेर तर यथार्थमा भन्नुपर्दा, “श्रीकृष्णको सुदर्शन चक्रले नै नेपाललाई झस्काएको हो” भन्नु उपयुक्त हुन्छ। यसमा म सहमत हुन्न किनकि म विज्ञानमा विश्वास गर्दछु।
यदि हामीभित्र चेतना छ भने, हजारौं वर्ष पुराना ग्रन्थहरूमा आधारित आख्यानहरूलाई आजको यथार्थसँग जोडेर लेख लेख्नु मात्र पर्याप्त हुँदैन। हिजोका दिनहरू इतिहास बने, तर आजको दिनलाई कसरी पुनर्निर्माण गर्ने भन्ने प्रश्न अत्यन्त महत्वपूर्ण छ।
देशको खरानी बनेको वर्तमानलाई पन्छाएर, समस्याहरूको समाधान खोज्ने, व्यक्तिगत स्वार्थ त्यागेर राष्ट्रको पुनर्जीवनमा समर्पित हुने सोचले मात्र नेपाललाई उज्यालो भविष्यतर्फ अग्रसर गराउन सकिन्छ।
आजको आवश्यकता भनेको कुनै राजनीतिक दल वा नेताको जयजयकार होइन, बरु देशको अस्मिता र पहिचानलाई पुनः उजागर गर्ने प्रयास हो। जेन-जीको आन्दोलनले देशलाई झस्काएको छ, तर यदि चेतनाको पुनर्जागरण भएन भने, यो आन्दोलन पनि महाभारतको कथामा परिणत हुन सक्ने सम्भावना रहन्छ। स्वस्थानी ब्रत कथामा, लावण्य देशका नवराज राजालाई हात्तीले माला लगाएर दक्षिणतिरका छिमेकी आउने छन् राजा घोषित गरे झैं हुने छ।
पुर्खाले निर्माण गरेको संरचनालाई जलाएर “खुचिङ्ग” भनेर बस्ने समय अब समाप्त भएको छ। अब लेख लेख्नुपर्छ-“नेपाली आमाको आँसु कसरी पुछ्ने?” भन्ने प्रश्नको उत्तर खोज्दै। हामी स्वदेशमा रहौं वा विदेशमा, देशको अस्मिता जोगाउने जिम्मेवारी हामी सबैको हो।
नेपालले पुनः एकपटक ऐतिहासिक मोड लिएको छ- देशको बागडोर हाल अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको हातमा आएको छ। यो परिवर्तन केवल सत्ता हस्तान्तरण मात्र होइन, बरु जनताको आकांक्षा, परिवर्तनको चाहना, र सुशासनप्रति अडिग विश्वासको परिणाम हो।
नेपालकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्की जस्तो स्वतन्त्र, निडर र इमानदार नेतृत्वलाई यदि सबैले साथ दिए भने देशलाई सही दिशामा अगाडि बढाउन सकिन्छ। उहाँले न्यायिक क्षेत्रमा पुर्याउनु भएको सुधार र निष्ठाले धेरैलाई प्रेरणा दिएको छ।
यस्ता व्यक्तिहरूलाई यदि अन्तरिम सरकारको नेतृत्व सुम्पियो भने र सबै राजनीतिक दल, नागरिक समाज, संचार माध्यम र जनता एक भएर साथ दिए, भने देशमा स्थायित्व, सुशासन र सुधार सम्भव छ। नेपालले पुनः एकपटक ऐतिहासिक मोड लिएको छ-देशको बागडोर हाल अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको हातमा आएको छ।
यो परिवर्तन केवल सत्ता हस्तान्तरण मात्र होइन, बरु जनताको आकांक्षा, परिवर्तनको चाहना, र सुशासनप्रति अडिग विश्वासको परिणाम हो।सकारात्मक सोचले एक ठाउँमा सबैले समेटेर राख्छ तर नकारात्मक सोचले मन फाट्छ, समाज फुट्छ, र देश कमजोर बन्छ।” आउनुहोस्- अहिलेको सरकारलाई कमीकमजोरी खोज्नभन्दा पहिले राष्ट्रको स्थायित्व, सुशासन र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न हामी सबैले साथ दिऔं।”
आज हामीलाई सबैभन्दा धेरै चाहिएको कुरा हो-सकारात्मक सोच। यही सोचले मानिसलाई आशाबादी बनाउँछ, बिरोधमा पनि समाधान खोज्छ, र असहमतिमा पनि सहकार्यको ढोका खोल्छ। मेरो स्वतन्त्र विचार हो।
















Facebook Comment