सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
६ असोज २०८२ १०:५०
232
Shares

काठमाडौं। सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुन प्रतितोला दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार प्रतितोला दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएकोमा आज सात सय बढेको हो।

त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *