प्यालेस्टाइनलाई मान्यता दिने नेताहरूलाई नेतान्याहूका दुई सन्देश
काठमाडौं । बेलायत, क्यानडा र अष्ट्रेलियाले प्यालेस्टाइनलाई एक देशको रूपमा मान्यता दिएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाबाट फर्केपछि यसबारे प्रतिक्रिया दिने बताएका छन्।
इजरायली प्रधानमन्त्रीको कार्यालयमार्फत एक विज्ञप्ति जारी गर्दै नेतान्याहूले भनेका छन्, “प्यालेस्टिनी राज्य हुनेछैन। हाम्रो भूमिमा आतंकवादी राज्य लाद्ने पछिल्लो प्रयासको जवाफ म संयुक्त राज्य अमेरिकाबाट फर्केपछि दिइनेछ।”
उनले भने, “अक्टोबर ७ को नरसंहार पछि प्यालेस्टाइनलाई एक देशको रूपमा मान्यता दिइरहेका नेताहरूलाई मेरो स्पष्ट सन्देश यो हो कि तपाईंहरू आतंकवादलाई ठूलो इनाम दिइरहनुभएको छ।”
“मेरो तपाईंहरूको लागि अर्को सन्देश छ: यो सम्भव हुनेछैन। जोर्डन नदीको पश्चिममा कुनै प्यालेस्टिनी राज्य हुनेछैन।”
आइतबार, बेलायत, क्यानडा र अष्ट्रेलियाले प्यालेस्टाइनलाई आधिकारिक रूपमा मान्यता दिए। यसपछि, इजरायलको विदेश मन्त्रालयले प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिनु “जिहादी हमासको लागि पुरस्कार भन्दा बढी केही नभएको” बताएको छ।







डिसी नेपाल








Facebook Comment