सागर डिष्टिलरीको आईपीओमा २२ गुणा बढी आवेदन
काठमाडौं। सागर डिष्टिलरी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजारभन्दा बढीले आवेदन दिएका छन्।
सिडिएससी एण्ड क्लीयरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरु बाट करिब २ करोड ६५ लाख कित्ता आईपीओ माग भएपछि यो निष्कासनमा २२ गुणाभन्दा बढी ओभर सब्स्क्राइब भएको हो।
सर्वसाधारणका लागि निष्कासन गरिएका ११ लाख ९० हजार कित्तामध्ये १ लाख १९ हजार ६४ जनाले मात्र न्यूनतम १० कित्ता पाउनेछन भने करिब २२ लाख ३३ हजार आवेदकको हात खाली हुनेछ। आईपीओ बाँडफाँट गोला प्रथामार्फत हुनेछ।
कम्पनीले जारी पूँजीको २० प्रतिशतबराबर १४ लाख ५२ हजार कित्ता शेयर निष्कासन गरेको हो। यसमध्ये १०% वैदेशिक रोजगारीमा रहेका नेपाली, ५% सामूहिक लगानी कोष र केही हिस्सा कर्मचारीका लागि छुट्याइएको छ। आईपीओको अंकित मूल्य प्रतिशेयर १०० रुपैयाँ रहेको छ र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हो।







डिसी नेपाल







Facebook Comment