हेटौंडामा दसैं बजार : गत वर्षभन्दा व्यापार घट्यो

डिसी नेपाल
६ असोज २०८२ १८:१८
20
Shares

हेटौंडा । महान चाड विजयादशमी नजिकिँदै जाँदा हेटौंडा बजारमा उपभोक्ताको भीड बढ्दै गएको छ।

कपडा, जुत्ता, सुनचाँदीदेखि लिएर सजावटी सामानसम्मको पसलमा ग्राहकहरूको भीड देखिन्छ। तर, चहलपहल जस्तोसुकै देखिए पनि व्यवसायीहरू भने यस वर्षको बिक्रीमा सन्तुष्ट छैनन्।

व्यवसायीहरूका अनुसार गत वर्षको तुलनामा यो वर्षको व्यापार घटेको छ। मूल्यवृद्धि, उपभोक्ताको क्रयशक्ति घट्नु र अनलाइन खरिदको बढ्दो प्रभावले गर्दा बजारमा अपेक्षित कारोबार हुन सकेको छैन।

दशैंमा हुने कारोबार वर्षभरिकै मुख्य आम्दानीको आधार हो तर यसपटक खर्चमा मितव्ययिता अपनाउने प्रवृत्ति देखिएकाले बिक्री घटेको व्यापारीहरुको भनाइ छ।

यद्यपि, बजारमा भीड बढिरहेकाले चाडै कारोबारमा सुधार आउने व्यवसायीहरूको अपेक्षा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *