हमासलाई हतियार छाड्न प्यालेस्टाइनी राष्ट्रपतिको अपिल

डिसी नेपाल
७ असोज २०८२ १३:३५
128
Shares

काठमाडौं । प्यालेस्टाइनलाई धेरै देशहरूले मान्यता दिएपछि प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सम्बोधनको क्रममा हमासलाई हतियार त्याग्न अपील गरेका छन् ।

अमेरिकाले अब्बास र अन्य प्यालेस्टिनी अधिकारीहरूको भिसा रद्द गरेको थियो जसले गर्दा प्यालेस्टिनी राष्ट्रपतिले भिडियो लिङ्क मार्फत संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न पाएका थिए।

आफ्नो सम्बोधनमा अब्बासले स्थायी युद्धविरामको आवश्यकतामा जोड दिए। उनले गाजाको प्रशासनमा हमासको कुनै भूमिका नहुने बताए। उनले हमासलाई “प्यालेस्टिनी प्राधिकरणलाई आफ्ना हतियारहरू आत्मसमर्पण गर्न” आग्रह गरे।

“हामी हतियार बिनाको एकताबद्ध राष्ट्र चाहन्छौं,” प्यालेस्टिनी राष्ट्रपतिले भने। यसका साथै, प्यालेस्टिनी राष्ट्रपतिले अक्टोबर ७, २०२३ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेको घटनाको निन्दा गरे।

इजरायलका जनतालाई सम्बोधन गर्दै उनले भने, “हाम्रो र तपाईंको भविष्य शान्तिमा निर्भर छ। अब हिंसा र युद्ध होइन।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.