५८ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

डिसी नेपाल
७ असोज २०८२ १७:११
36
Shares

काठमाडौं। शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा उक्लेको छ। यस अघिको कारोबार आईतबार नेप्से परिसुचक १११.७० अंकले बढेर २६२३.७० बिन्दुमा उक्लेको थियो।

यसदिन कुल ३२८ स्टकको ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँ बराबरको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर कारोबार भएको छ। आज कारोबारमा आएका मध्ये २३८ कम्पनीको शेयर मूल्य बढ्दा १४ कम्पनीको शेयर मूल्य घटेको छ।

यद्यपी, अघिल्लो कारोबार दिन ९ अर्ब रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको थियो। आज ८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। जसमा सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी, एशियन हाइड्रो र हिम स्टार उर्जा रहेका छन्।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ। जसको करिब ३८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि यूनिभर्सल पावर (१८ करोड ५० लाख) र हिमालयन डिष्टिलरी (१८ करोडभन्दा बढी) प्रमुख कारोबार भएका कम्पनी बने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *