दशैँ लागेसँगै मन्थली बजारमा किनमेल गर्नेको भिड

डिसी नेपाल
८ असोज २०८२ ९:५२
20
Shares

रामेछाप । नेपालीहरूको महान् चाड दशैँ नजिकिएसँगै रामेछापको मन्थली बजारमा सामान किन्ने मानिसहरूको चहलपहल बढेको छ।

मन्थली बजारमा कपडा तथा उपभोग्य सामाग्री किन्ने मानिसहरूको भिड बढेको छ । अहिले मन्थली बजारका व्यवसायीहरूलाई सामान बेच्न भ्याई नभ्याई छ भने उपभोक्ताहरू पनि सामान किन्ने चटारोमा देखिन्छन् ।

यसैगरी काठमाडौं लगायत सहरहरूमा कामको सिलसिलामा बसेकाहरू घर फर्कने क्रम बढेसँगै बजार केन्द्रमा चाप बढेको छ । अन्य पसलहरूसँगै कपडा, जुत्ता–चप्पल र खाद्यान्न पसलहरूमा उपभोक्ताको भिड देखिन्छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष राम्रो व्यापार भएको शुभमंगल वस्त्रालयका सञ्चालक हरेराम गुप्ता बताउँछन् ।

अघिल्लो वर्ष दशैँको मुखमा ठुलो बाढी पहिरो आएर रामेछाप काभ्रे लगायतका क्षेत्रमा ठुलो धनजनको क्षति भएपछि व्यापार निक्कै कम भएका थियो ।

मन्थली बजारमा सामान किन्न मन्थली नगरपालिकाको साथै रामेछाप, लिखु तामाकोशी, खाँडादेवी, दोरम्बा शैलुङ, गोकुलगंगा लगायता स्थानीय तहका मानिसहरू आउने गरेका छन्। बजारमा बिहानदेखि साँझसम्म किनमेल गर्ने मानिसहरूको भिड देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.