बढ्यो सुन मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक हजार तीन सयले बढेको हो।
मंगलबार दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको सुन आज दुई लाख २३ हजारमा कारोबार भइरहेको छ।
यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला दुई हजार सात सयमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि मंगलबार प्रतितोला दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment