लगानीकर्ताले नाफा बुक गर्दा २७ अंकले घट्यो नेप्से
काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार २७ अंकले घटेको छ। दशैं अघि लगानीकर्ताले नाफा बुक गर्दा नेप्से घटेको हो। यसअघि दुईदिन लगातार बढेको बजार आज २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा झरेको हो।
यसअघि मंगलबार नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा रोकिएको थियो। नेप्सेसँगै यसदिन कारोबार रकम पनि घटेको छ। यसदिन कुल ३१७ स्टकको ४ अर्ब १२ करोड ४८ लाख २१ हजार ८६३ रुपैयाँको ९४ लाख ८ हजार ६६३ कित्ता शेयर कारोबार भएको छ। अघिल्लो कारोबार मंगलबार ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँ बराबरको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर कारोबार भएको थियो। आज कारोबारमा आएका मध्ये १९३ कम्पनीको शेयर मूल्य घट्दा ५३ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ४.९७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेकस १.७६ अंक घटेको छ।
आज शेयरबजारमा ३ कम्पनी, माथिल्लो मैलुङ्ग खोल जलविद्युत, सिटि होटल, हिम स्टार उर्जाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड र भिजन लुम्बिनी उर्जा कम्पनी को मूल्य करिब ८ प्रतिशत बढ्यो भने उन्नती सहकार्य लघुवित्त को शेयर मूल्य ५.३८ प्रतिशत घटेर सबैभन्दा धेरै गिरावट देखिएको छ।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्ष स्थानमा रह्यो जसको कारोबार २२ करोड १३ लाख रुपैयाँको भएको छ। त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको करिब १७ करोड ३२ लाख र हिमालयन रि इन्स्योरेन्सको १३ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ।
आज कुल १३ उपसमूहमध्ये २ उपसमूह (होटल तथा पर्यटन, म्युचुअल फण्ड) मात्र बढे भने बाँकी ११ उपसमूह घटेका छन्। यस दिन अन्य उपसमूह सर्वाधिक २.१६ प्रतिशतले घटेका छन्। साथै विकास बैंक, वित्त, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूह पनि १ प्रतिशत भन्दा बढीले घटेका छन्। समग्रमा, आज बजारमा सीमित कम्पनीका शेयर बढे पनि अधिकांश उपसमूह र कम्पनीहरूको मूल्य घटेको दिन रह्यो।







डिसी नेपाल







Facebook Comment