असोज २९देखि १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै
ललितपुर । आउँदै गरेको शुभ दीपावली ( तिहार ) तथा छठ पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एशोसिएशन नेपाल ( फ्यान ) को आयोजनामा गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको छ ।
गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथाप्रवद्र्धन गर्ने उदेश्यले ‘ रोपेर फूलगोदावरी, सजाऔँ घर आँगनवरिपरि ’ भन्ने मूल नाराका साथ ‘ १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८२ ’ यहीँअसोज २९ गतेदेखि कार्तिक २ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा हुने फ्यानको उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले बताए ।
पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पु¥याउनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको एशोसिएसनले जनाएको छ ।
त्यस्तै, उक्तप्रदर्शनीमा व्यवसायिक स्टल ८० वटा, सूचनामुलक ३ वटा, प्रतिस्पर्धा स्टल १ र सेल्फी स्टल १ सहित गरी जम्मा ८५ वटाप्रदर्शनी कक्षहरु रहने मेला संयोजक सुमन महर्जनले जानकारी दिए । नेपालमा विगत वर्षदेखि नै व्यावसायिक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाका साथै यस वर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातीका फूल बिरुवासमेत प्रदर्शनी तथा बिक्री-वितरण हुने छन् ।
साथै, यस सिजनमाफूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूलबिरुवा, बिउबिजन, मलखाद र कृषि औजारसमेत प्रदर्शनीमा समावेश गरिने आयोजकले जनाएको छ । ५ दिनेसम्म हुने उक्तगोदावरी फूलको प्रदर्शनी बिहान ०९ः०० बजेदेखि साँझ ०५ः३० बजेसम्म संचालन हुने छ, भने प्रदर्शनीमा ४२ हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै १ करोड २० लाखभन्दा बढीको व्यवसायीक कारोबार हुने आयोजकको अपेक्षा छ ।
विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटाविधा ( मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ ) मा प्रतिस्पर्धा गराई प्रतिस्पर्धामा प्रथम, दोस्रो तथा तेस्रो हुने नर्सरी – फर्मलाई शिल्ड, नगदतथाप्रमाण – पत्रद्दारा पुरस्कृत गरिने छ, भने गोदावरी फूलको कट फ्लावर विधातर्फ समेत प्रतियोगिता गराई उत्कृष्टहुने नर्सरी – फर्मलाई पुरस्कृत गरिने छ ।
साथै, स्टल सजावटतर्फ समेत उत्कृष्टछनोट गरी पुरस्कृत गरिने कार्यक्रम रहेको आयोजकको जनाएको छ ।
व्यवसायका क्षेत्रमाभए गरेका नयाँ – नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि प्रदर्शनी स्थलमा स्थलबाटै प्रदान गरिने एशोसिएसनले जनाएको छ । आयोजकको अनुसार सबै स्टल बुक भइसकेको छ । प्रदर्शनी स्थलमा स्टल सजावटकार्य २०८२ असोज २८ गते, बिहान ०८ः०० बजेदेखि खुल्लाहुने छ । प्रदर्शनी उद्घाटन २०८२ असोज २९ गते हुने छ, भने प्रदर्शनी समापन २०८२ कार्तिक २ गते, साँझ ०५ः०० बजे हुने एशोसिएसनले जनाएको छ ।
पुष्प व्यवसायीहरूलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरूबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पु¥याउन प्रदर्शनीको उद्धेश्य रहेको फ्यानका अध्यक्ष राजेश भक्तश्रेष्ठले बताए । हाल पुष्प उत्पादक कृषकहरूको आफ्ना उत्पादनको बजार क्षेत्रसिमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ताहरु बढन जाने भई बजार विस्तार गर्न प्रदर्शनीले सघाउने श्रेष्ठले बताए ।
त्यसैगरी, उक्तप्रदर्शनीमा अवलोकन गर्न आउने विद्यार्थीहरूको लागि १ सय रुपैयाँ, सर्वसाधारणहरुको लागि १ सय ५० रुपैयाँतोकिएको र जेष्ठनागरिकहरु ( नागरिकतावा राष्ट्रिय परिचयपत्रलिएर आउनु पर्ने ) को लागिचाँहिनिःशुल्कप्रवेशको गरिएको फ्यानको कोषाध्यक्ष राजकृष्ण बजगाईँ जानकारी दिए ।
नेपालमावि.सं. २०११ सालबाट सामान्य स्तरमा शुरु भएको पुष्पव्यवसाय, शहरीकरणको विकास तथाविस्तारसँगै सातै प्रदेशकामुख्यशहरहरुलगायतकाअन्य क्षेत्रमा समेत फैलँदो अवस्थामा रहेको छ ।







डिसी नेपाल








Facebook Comment