नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

डिसी नेपाल
१० असोज २०८२ ६:३७
132
Shares

चितवन। नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ। मंगलबार खसेको पहिरो पन्छाएसँगै दुईतर्फी रूपमा सडक सञ्ञ्चानमा आएको हो।

डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार मंगलबार दिनको ४ः३० बजेदेखि अवरुद्ध भएको सडक दुई दिन लगाएर पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो।

सडक सञ्चालन भएसँगै रोकिएका सयौं सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। मंगलबार इच्छाकामना गाउँपालिका-६ तुइन खोलामा पहिरो खसेको थियो। यस सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी गुड्ने गर्दछन्।

सडकमा गत एक सातादेखि मालबाहक सवारी रोकिएका थिए भने यात्रुवाहक केही सवारीसाधन भने सडक आंशिक रूपमा खुला भएको समयमा पार भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.