दुधपोखरीमा बेपत्ता युवकको खोजीमा हेलिद्वारा गोताखोर परिचालन
काठमाडौं । साउन २४ गते लमजुङ जिल्ला मर्स्याङदी गाउँपालिका- ३ स्थित दुधपोखरी कुण्डमा नुहाउने क्रममा डुबेर बेपत्ता युवकको खोजी कार्यका लागि हेलिकप्टरबाट गोताखोर लगिएको छ ।
सोही जिल्लाको क्ब्होलासोथार गाउँपालिका-४ भुजुङ्ग बस्ने वर्ष १८ को मनोज गुरुङ्गको खोजीका लागि असोज १० गते सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण पोखराबाट एयर डाइनेस्टिको हेलीद्वारा ४ जनाको गोताखोर सहितको टोली परिचालन गरिएको हो ।
यसै गरि असोज १० गते बिहान सिन्धुपाल्चोक, बलेफी गाउँपालिका- ५ बलेफी स्थित अरनिको राजमार्गमा सुकुटेबाट खाडिचौरतर्फ जाँदै गरेको मारुती भ्यान सडकबाट अन्दाजी ५० मिटर तल सुनकोशी नदीमा खसी बेपत्ता भएको छ ।
भ्यान दुर्घटना पछि खोजिको लागि सशस्त्र प्रहरि वल नेपाल नं. १६ गण सिन्धुपाल्चोक र सुरक्षा बेश लामोसाँघुबाट बिपद् ब्यबस्थापन सहितको सुरक्षाफौज परिचालन गरिएको छ ।







डिसी नेपाल







Facebook Comment