ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको अनुगमनमा पुगे मन्त्री खरेल

डिसी नेपाल
१० असोज २०८२ १७:४८
140
Shares

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको अनुगमन गरेका छन्।

उनले भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनीसहित तोडफोड भएको बग्गीखानाको अनुगमन गरेका हुन् ।

अनुगमनको क्रममा उनले तोडफोड र आगजनीको बारेमा विस्तृत रुपमा जानकारी लिएका थिए।

भदौ २४ गतेको आन्दोलनमा बग्गीखाना लगायत थुप्रै प्रहरी कार्यालयहरु जलेर ध्वस्त भएको थियो। ती सबै कार्यालयहरुको पुनसंरचना र पुननिर्माणको कार्यहरु पनि सुरु भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.