माओवादी केन्द्रले पदाधिकारीको सम्पत्ति छानबिन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी नेताहरूको सम्पत्ति छानबिन गर्ने भएको छ।
पार्टी केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित नेता कार्यकर्ताको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। ‘पार्टीले सम्पत्ति छानबिन आयोग बनाएर पदाधिकारीबाट अनुसन्धान सुरू गर्ने निर्णय लिइएको छ,’ उनले भने।
पार्टी बैठकमा हाल संयोजकमा परिणत भएका पुष्कमल दाहाल प्रचण्डको घडी र उनकी छोरी गंगा दाहालको विलासी ब्यागको विषयमा छानबिनको लिखित माग नै उठेको थियो। केन्द्रीय सदस्य लक्ष्मण पन्तले छानबिनको माग राखेका हुन्।
‘अध्यक्षको ६४ लाखको रोलेक्स घडी र उहाँकी छोरीको २८ लाखको ब्यागको विषयमा मिडियामा सार्वजनिक भएको छ। मिडियामा सार्वजनिक भएका विवरण गलत हो भने सुनिल शर्माविरूद्ध मानहानिको मुद्दा दायर गरौँ। ती सामान उपहार हुन् भने विक्री गरेर घाइतेहरूको उपचारमा खर्च गरौं,’ उनको लिखित प्रस्ताव छ।







डिसी नेपाल







Facebook Comment