धनगढी जेन्जी मार्ग नामकरण नामकरण

डिसी नेपाल
१० असोज २०८२ २२:३४
20
Shares

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको पार्कमोड-कभर्डहल सडकको औपचारिक रुपमै जेन्जी मार्ग नामकरण गरिएको छ। धनगढी नगर कार्यपालिकाको शुक्रवार बसेको बैठकले सडको नाम जेन्जी मार्ग राखेको हो।

जेन्जी आन्दोलन र जेन्जी सहिदहरुको सम्मानमा पार्कमोड, कभर्ड हलहुँदै क्याम्पस रोड जोड्ने सडकलाई जेन्जी मार्ग नामकरण गर्ने घोषणा गरिएको थियो। नगर प्रमुख गोपाल हमालले असोज १ गते उक्त सडकको नाम जेन्जी मार्ग राखिने घोषणा गरेका थिए।

नेपालमा सत्ता नै उलटफेर गर्नेगरी भएको जेन्जी आन्दोलन सफल भएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सो मार्गलाई जेन्जी मार्ग नामकरण गर्ने घोषणा गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.