प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

डिसी नेपाल
१० असोज २०८२ २३:०६
88
Shares

सिरहा । लागूऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय मिर्चैया, सिरहाको संयुक्त टोलीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा असोज ९ गते साँझ करिब ५ः०० बजे मिर्चैया नगरपालिका–५ मा सार्वजनिक सवारीसाधन प्रयोग गरी यात्रा गरिरहेका एक यात्रु शङ्कास्पद लागेपछि जाँच गरिएको थियो। जाँचका क्रममा सप्तरीको राजविराज नगरपालिका–७ निवासी करिब ४० वर्षीय दुर्गेशकुमार झाको साथबाट ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार झाको साथमा निलो झोलामा राखिएको दुईवटा स्टिलको बट्टाभित्र प्लास्टिकमा प्याक गरिएको उक्त पदार्थ भेटिएको हो।

बरामद पदार्थको तौल प्लास्टिक र बटासहित एक सय ४८ ग्राम पाँच सय ६० मिलीग्राम रहेको प्रहरीले जनाएको छ। झालाई हाल थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.