गड्डाचौकीमा नागरिक सहायता कक्ष स्थापना

डिसी नेपाल
१० असोज २०८२ २३:२४
28
Shares

दोधारा चाँदनी । नेपाल प्रहरीले भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीमा सुरक्षा जाँचमा कडाइ गरेको छ। यसका लागि प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा जाँच थालेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत आजदेखि नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको हो। खुलासीमा नाकाबाट चाडपर्वका बेला लागूऔषध र विष्फोटक पदार्थ भित्रिन सक्ने भएकाले प्रहरी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा जाँच गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए।

“‘शेरा’ र ‘लैला’ नामक दुई तालिम प्राप्त कुकुर नाकामा परिचालन गरिएको छ,” उनले भने, “‘शेरा’ले विष्फोटक पदार्थ र ‘लैला’ले लागुऔषध पत्ता लगाउँछ।” दसैं मनाउन घर फर्किरहेकाको भीड बढिरहेका बेला अन्य आपराधिक गतिविधि हुन नदिन प्रहरीले सीमा नाकासँगै बसपार्क लगायतका अन्य क्षेत्रमा समेत सुरक्षा व्यवस्था कडा पारेको छ।

भारतबाट नेपाल फर्किने यात्रुहरुको सहायताका लागि नाका र बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। प्रहरीले राजमार्ग क्षेत्रमा जाँच बढाएको छ भने बजार क्षेत्रमा समेत थप प्रहरी परिचालन गरेको छ। दसैं तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर प्रहरीले जिल्लामा गस्ति बढाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.