मकवानपुरमा जेनजी युवाहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर निर्वाचन क्षेत्र नं. १ ले जेनजी आन्दोलनमा जीवन बलिदान दिने सहिदहरूको सम्झनामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।
राप्रपा मकवानपुर निर्वाचन क्षेत्र नं. १ का अध्यक्ष उमेश थापाको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व सांसद तथा भौतिक पूर्वाधार विकास समितिका सभापति माननीय दिपक बहादुर सिंह रहनु भएको थियो।
कार्यक्रममा बोल्दै पूर्व सांसद सिंहले जेनजी आन्दोलनका युवाहरूको बलिदान खेर नजाने बताउँदै अबको निर्वाचनमा बहुमत ल्याएर नेपालमा हिन्दु राज्य र राजसंस्था पुनःस्थापना गर्ने प्रतिवद्धता व्यक्त गरे।
त्यस्तै, राप्रपा मकवानपुर क्षेत्र नं. १ का अध्यक्ष उमेश थापाले युवाहरूको योगदानको सम्मान गर्दै सरकारले सहिदहरूको विषयमा छानबिन नगरे हालको सरकारले पनि राजीनामा दिनुपर्ने माग राख्दै युवाहरूको मुद्दा अग्रसर गर्ने प्रतिबद्धता जनाए।







डिसी नेपाल







Facebook Comment