जनकपुरधाम झुला भाँचिएर फसेका ५६ जनाको उद्धार
जनकपुर । जनकपुरधाममा शुक्रबार राति दशैंको उपलक्ष्यमा लागेको मेलामा झुला भाँचिएर फँसेका ५६ जनाको उद्धार गरिएको छ।
जनकपुरधामस्थित राम मन्दिरको प्रांगणमा प्रत्येक वर्ष लाग्ने मेलामा रहेको झुला भाँचिएर ५६ जना फँसेका थिए।
उनीहरुलाई नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीलगायत स्थानीय क्लब र युवाहरुको सहयोगमा उद्धार गरिएको छ।
करिब पाँच घण्टासम्म चलेको उद्धार कार्यमा निर्माणस्थलमा प्रयोग हुने क्रेन प्रयोग गरी नेपाली सेनाले फँसेका ५६ जनाको उद्धार गर्न सफल भएका थिए।
उद्धार कार्य राति१२ बजेसम्म चलेको थियो। उद्धार गरिएकोमा २० जना महिला र ३६ जना पुरुष रहेका थिए।
झुला भाँचिएर ५६ जना फँसेपछि राजदेवी मन्दिरमा हुने भनिएको हिजो र आजका कार्यक्रमहरु स्थगित गरिएको छ। भाँचिएको झुलुवालाई खोल्ने र पुनः सुचारु नगरिने निर्णय गरिएको आयोजक महावीर युवा कमिटिले जानकारी दिएको छ।
प्रांगणमा रहेका अन्य स–साना झुलालगायत मनोरञ्जनका ट्रेन, ब्रेक डान्स, स्प्रिङ पनि बन्द गर्ने कि सुचारु गर्ने भन्ने विषयमा अहिले छलफल भइरहेको कमिटिले जनाएको छ।
आयोजक कमिटिले प्रत्येक वर्ष लाखौं रुपैयाँ ठेक्का लगाएर मेला लगाउने गरेको छ। तर पहिलो पटक यस किसिमको घटना भएको हो।







डिसी नेपाल







Facebook Comment