यो सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्दैनौं : ओली

डिसी नेपाल
११ असोज २०८२ १८:२३
208
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी ओलीले बर्तमान सरकारलाइ देश जिम्मा लगाएर आफूहरु विदेश नभाग्ने बताएका छन्।

भक्तपुरमा आयोजित एक सार्वजानिका कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूहरु वर्तमान सरकारलाई देश जिम्मा लगाएर विदेश नाजाने स्पष्ट पारेका हुन्।

‘सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ। अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दैछु। के ठानेको छ। यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौं? के सोचेका छौं? हामीले यो देश बनाउनुपर्नेछ। फेरि पनि हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ। देशालाइ फेरी पनि सुशासनमा ल्याउछौँ’ ओलीले भने।

उनले आफूले गरेका हरेक विषयहरु जनताको बीचमा ल्याउने हिम्मत वर्तमान सरकारले गर्नुपर्ने धारणा समेत राखे।

‘यो सरकारले मैले बोलेका अभिव्यक्ति सार्वजनिक गरोस्। अरूको पनि ल्याओस्, जनताको बीचमा ल्याओस्, प्रहरी र कर्मचारीलाई दिएको निर्देशन र कामहरू बाहिर ल्याओस्।’ ओलीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.