बैतडीमा ‘भ्यान’ दुर्घटना, १० जना घाइते

डिसी नेपाल
११ असोज २०८२ २०:०९
300
Shares

बैतडी। जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका-७ भञ्ज्याङमा ‘इलेक्ट्रोनिक भ्यान’ दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

धनगढीबाट पुर्चाैंडीहाट जाँदै गरेको सु प प्र ०२ ००१ ज ६२० नंको भ्यान आज दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।

घाइते हुनेमा सबै बैतडीको पुर्चाैंडी नगरपालिकाभित्रका रहेका छन्। प्रहरी निरीक्षक बडूका अनुसार पुर्चाैंडी–५ का १५ वर्षीय भुवन साउद, २८ वर्षीया यशोदा भट्ट, पाँच वर्षीय कोविट पन्त, २८ वर्षीया पवित्रा पन्त, पुर्चाैंडी–४ का १९ वर्षीया कमला धानुक, २२ वर्षीय प्रकाश धानुक, पाँच वर्षीय नरेश बोहरा, २८ वर्षीया वसन्ती अवस्थी, १७ वर्षीय विक्रम साउद र २२ वर्षीया सावित्री धामी रहेका छन्।

घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। १८ यात्रु सवार भ्यानका अन्य आठजनाबाहेक अन्यलाई बढी चोट लागेको छ। दुर्घटनाग्रस्त भ्यान सडकबाट करिब ५० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.