छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु, १९ जना घाइते

डिसी नेपाल
१२ असोज २०८२ ९:१९
52
Shares

सुर्खेत। सुर्खेत र सल्यानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। सवारी दुर्घटनामा १९ जना घाईते भएका छन्।

आइतबार बिहान रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङ घोराही जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी सल्यानको कपुरकोट गाउँपालिका वडा नं ३ को चोरखोलामा दुर्घटना हुँदा रुकुम पश्चिम बाफीकोट गाउँपालिका- ५ का प्रकाश केसी र अन्य दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। मृतक दुई जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ।

पाँच जना सवार फोर्स गाडिमा दुई जना घाईते भएको र घाईतेको उपचारका लागि नेपालगन्ज पठाईएको छ।

यसैबीच बाँकेको नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ११२९ नम्बरको ईभी गाडी वीरेन्द्रनगरको ठूलो बिउरेनीमा दुर्घटना हुँदा १७ जना घाईते भएका छन्। आईतबार बिहान चार बजे रत्न राजमार्गअन्तर्गत सुर्खेतको बिउरेनीनजिक ईभि गाडी दुर्घटना भएको हो।

आइतबार (असोज १२) बिहान सवारी दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। घाईतेहरुको कर्णाली प्रादेशिक अस्पताल कालागाउँ र देउती नर्सिङहोममा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.