महासचिवसहित कर्मचारीले सफा गरे संसद सचिवालयको आगजनीको फोहोर

डिसी नेपाल
१२ असोज २०८२ १७:५२
64
Shares

काठमाडौं। जेन्जी आन्दोलनमा आगजनी गरिएका सवारी साधन जलेर थुप्रिएको फोहोर संघीय संसद सचिवालयका कर्मचारीले सफाइ गरेका छन्।

दसैं बिदाको अघिल्लो दिन आइतबार संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयको नेतृत्वमा कर्मचारीहरूले संघीय संसद सचिवालयको भवन नम्बर १ परिसरमा थुप्रिएको फोहोर सफा गरेको आन्तरिक सेवा तथा योजना शाखाका उपसचिव अधिराज राईले जानकारी दिए।

भदौ २४ गतेको जेन्जी आन्दोलनमा भवन नम्बर २ परिसरमा रहेका सवारी साधनमा आगजनी गरिएको थियो। आगजनीबाट १८ वटा गाडी र ३६ वटा मोटरसाइकल नष्ट भएका छन्। आगजनीबाट जलेका सवारी साधनलाई पनि सचिवालय परिसरबाट अन्यत्रै व्यवस्थापन गरिएको छ।

आगजनीबाट सिंहदरवारमा रहेका सचिवालयका दुवै भवन र काठघरहरू जोगिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.