विराटनगरका प्रहरी निरीक्षक कविन राई ‘भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषित

डिसी नेपाल
१३ असोज २०८२ १०:१९
56
Shares

विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङको इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी निरीक्षक कविन राईलाई २०८२ साल भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ।

राईले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गरेको भन्दै यो सम्मान प्रदान गरिएको हो।

भदौ २८ गते उनको कमाण्डमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थित चेकजाँच गर्ने क्रममा बन्दाकोपीमा लुकाएर ल्याइएको २ सय ६२ किलो ५८० ग्राम गाँजा बरामद गर्न सफल भएको थियो। सो क्रममा संलग्न तीन जनालाई समेत नियन्त्रणमा लिइएको थियो।

त्यसैगरी विराटनगरका विभिन्न स्थानहरूबाट चोरी भएका सामग्रीहरू फेला पारी सम्बन्धित धनीलाई बुझाइएको प्रहरीले जनाएको छ।

बरामद वस्तुमध्ये ल्यापटप ११ थान, मोटरसाइकल १ थान, अटो टेम्पो ३ थान, सिटी रिक्सा १ थान, स्कुटर ४ थान, ब्याट्री १४ थान, इनभर्टर ३ थान, सोफा ४ थान, फ्रिज २ थान, एसी १ थान, इलेक्ट्रिकल ओभन १ थान, स्ट्यान्ड फ्यान २ थान र इन्डक्सन चुलो १ थान रहेका छन्।

यसबाहेक, लागू औषध नियन्त्रण ब्युरोसँगको समन्वयमा विराटनगर महानगरपालिका–१३ र १५ क्षेत्रमा गरिएको अभियानमार्फत ३ सय ३७ ग्राम लागूऔषध ‘ब्राउनसुगर’ सहित तीन जना पक्राउ परेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.