एकैदिन काठमाडौंबाट एक लाख ११ हजार बाहिरिए

डिसी नेपाल
१३ असोज २०८२ १३:३७
48
Shares

काठमाडौं । बितेका २४ घण्टामा काठमाडौ उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन्। काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आइतबार अपराह्न सम्ममा चार लाख ६७ हजार मानिसले काठमाडौ छाडेका छन्।

यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्का अध्यक्ष विजयबहादुर स्वारले अधिकांश सडकमा ट्राफिक जामले यात्रीलाई गन्तव्यमा पुग्न समस्या भएको बताएका छज्।

अध्यक्ष स्वारले घटस्थापना यता आठ लाख सर्वसाधारण काठमाडौ उपत्यकाकाबाट बाहिरिएका बता। आफूहरूले सहज रूपमा यातायातका साधन सञ्चालनका निम्ति ट्राफिक प्रहरीलाई अनुरोध गरेको जानकारी पनि उले दि। ट्राफिक प्रहरीले पनि आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरेर निर्वाध यात्राको व्यवस्था मिलाइएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.