आमा र शिशुलाई पोषण सामग्री सहयोग

डिसी नेपाल
१३ असोज २०८२ १७:००
20
Shares

सिमकोट (हुम्ला) । यहाँको खार्पुनाथ गाउँपालिकाले आफ्ना वडामा रहेका सुनौलो हजार दिनका आमा र शिशुलाई पोषणयुक्त खानेकुरा र सरसफाइसम्बन्धी सामग्री प्रदान गरेको छ। आमा र शिशुलाई कुपोषणबाट जोगाउन र सरसफाइमा सहजताका लागि गाउँपालिका स्वास्थ्य शाखाले सामग्री प्रदान गरेको हो।

प्रत्येक वडाका सुनौलो हजार दिनमा आमा र शिशुलाई पोषण, सरसफाइका सामग्री सहयोग गरिएको खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिभक्त शाहीले बताए। उक्त उमेर समूहका आमा र शिशुको पोषणमा सुधार ल्याउन र सरसफाइ गर्न सहयोग गर्न गाउँपालिकाले वार्षिक कार्यक्रम तय गरेर सहयोग गरेको हो।

गाउँपालिकाभरी २११ जना सुनौलो हजार दिनको आमा र त्यति नै सङ्ख्यामा शिशु छन्। उहाँहरु सबैलाई ती सामग्री वितरण गरिएको उनले बताए। स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणअनुसार सहयोग गरिएका सामानमा घ्यू, मार्सी चामल, अण्डा, हर्लिक्स, च्यवनप्रास छन्भने सरसफाइका सामानमा बाटा, बाल्टी, साबुन छन्।

त्यसैगरी ग्रिनहाउस निर्माणका लागि पाल र गार्डेन पाइप पनि प्रदान गरिएको छ। खार्पुनाथ गाउँपालिका२ को थाली स्वास्थ्य चौकी इन्चार्ज वीरसिंह रावलले आफ्नो वडाभित्रका ३५ जना सुनौलो हजार दिनका आमा र शिशुलाई पोषण तथा सरसफाइसम्बन्धी सामान प्रदान गरिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.