जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार राति मनहरी गाउँपालिका–८ सिमपानी बस्ने ४० वर्षीय सुदर्शन उप्रेतीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुदर्शन समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १ हजार २ सय ५० रूपैयाँ र तीन बुक तास सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment