करेन्ट लागेर महिलाको मृत्यु

डिसी नेपाल
१३ असोज २०८२ १९:२२
64
Shares

धनगढी । कञ्चनपुरमा पङ्खा जोड्दा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको पुनर्वास नगरपालिका१० देउराली टोलकी ५५ वर्षीय करडीदेवी रावतको करेन्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले आफ्नै घरको कोठामा टेबुल पङ्खा विद्युत्को पलकमा जोड्ने क्रममा हातमा करेन्ट लागेर करडीदेवीको मृत्यु भएको बताएको छ। सोमवार दिउँसो घटना स्थलमा नै उनको मृत्यु भएको प्रहरीले बताएको छ। प्रहरी चौकी परासनबाट २ जनाको प्रहरी टोली सुरुमा घटनास्थल पुगेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.