वेस्ट इण्डिजविरुद्धको ऐतिहासिक सिरिज नेपाललाई

डिसी नेपाल
१३ असोज २०८२ २३:४१
148
Shares

काठमाडौं। वेस्ट इण्डिजविरुद्धको युनिटी कप टि ट्वान्टी आई सिरिजको उपाधि नेपालले जितेको छ। संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा भएको दोस्रो खेलमा सोमबार नेपालले वेस्ट इण्डिजलाई ९० रनले पराजित गर्दै एक खेल अगावै ऐतिहासिक सिरिज जितेको हो।

नेपालले कुनैपनि टेस्ट राष्ट्रविरुद्धपहिलो पटक सिरिज जितेको हो। तीन खेलको सिरिजमा पहिलो खेलमा नेपाल १९ रनले विजयी भएको थियो। दोस्रो खेलमा १७४ रनको चुनौती पाएको वेस्ट इण्डिजले १७.१ ओभरमा ८३ रन बनाउँदा सबै विकेट गुमायो।

वेस्ट इण्डिजका जेसन होल्डरले सर्वाधिक २१ रन बनाए। यस्तै अकिम अगस्तेले १७ तथा अमिर जंगुले १६ रन बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्। नेपालका लागि आदिल आलमले ४ विकेट लिए। यस्तै कुशल भुर्तेलले तीन विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १७३ रनको योगफल बनाएको थियो।

नेपालका लागि आसिफ शेखले ४७ बलमा आठ चौका र दुई छक्काको मद्दतले अविजित ६८ रनको योगदान गरे । यसैगरी सन्दीप जोराले ३९ बलमा पाँच छक्का र तीन चौकासहित ६३ रन बनाए । यस्तै, मोहम्मद आदिल आलमले ११ रन बनाए ।

यता वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र कायल मायर्सले समान दुई दुई विकेट लिए भने जेडिया ब्लेड्सले एक विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.