सर्पको टोकाइबाट बालकको मृत्यु

डिसी नेपाल
१४ असोज २०८२ १६:१२
112
Shares

कञ्चनपुर कञ्चनपुरमा सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका-४ बस्ने डम्बर पनेरुको छोरा ३ वर्षको लक्की पनेरुलाई आफ्नै घरमा सुतेको अवस्थामा सर्पले टोकेपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई उपचारको लागी सेती प्रादेशीक अस्पताल धनगढी लगी उपचार भइरहेकोमा गएराति २ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.