सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-१ नडाहा चतरा जंगलस्थित सडकमा झण्डा चोकबाट नडाहातर्फ जाँदै गरेको प्रदेश १-०२-०४६ प ४३३४ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ कालाबन्जार बस्ने ३५ वर्षीय कमल पौडेलको घटनास्थलमै मृत्यु भएको हो।
लमजुङको राइनास नगरपालिका-३ नौबिसेस्थित सडकमा टिमुरेबाट सातबिसेतर्फ आउँदै गरेको ग.२४ प १६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही नगरपालिका-३ टिमुरे बस्ने २३ वर्षीय समिर ठकुरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सहोदर अस्पताल लमजुङमा उपचारको क्रममा मृत्यु भएको हो।
ओखलढुङ्गामा मानेभन्ज्याङ गाउँपालिका-४ केत्तुकेस्थित सडकमा बा.५ ख ८२२९ नम्बरको बस र प्र.१-०७-००१ प ०६७४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सिद्धिचरण नगरपालिका-११ बस्ने २१ वर्षीय बिनोद कटवालको मृत्यु भएको छ।
दुर्घटनमा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल ओखलढुङ्गामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-३ मालपोत चोकस्थित सडकमा बा.प्र.०१-०२५ च ६०७४ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-७ जितपुर शान्तिटोल बस्ने ७१ वर्षीया प्यारी साहको मंगलबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।







डिसी नेपाल







Facebook Comment