बसको ठक्करबाट एकको मृत्यु, विरोधमा राजमार्ग अवरुद्ध
बैतडी। बसको ठक्करबाट आज यहाँ एक महिलाको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका—२ देहिमाडौंस्थित निङ्गलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा बसको ठक्करबाट वडा नं १ गुरूखोला निवासी ३३ वर्षीया भागरथी लुहारको मृत्युभएको हो।
जात्राबाट फर्किने क्रममा दशरथचन्द राजमार्गअन्तरर्गत गुरुखोलामा महाकाली यातायातको सु प प्र ०२००१ ख १०१७ नंको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जानकारी दिए।
घटनाको विरोधमा मृतकका आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका र सहमतिका लागि प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको टोली घटनास्थल पुगेको जनाइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment