धनगढीमा सवारी दुर्घटना : एकको मृत्यु, एक घाइते

डिसी नेपाल
१५ असोज २०८२ ९:२८
40
Shares

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-१३ राजपुरमा गए राति स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका१३ राजपुरस्थित आरपी फ्लोर मिल नजिक अत्तरियातर्फ गइरहेको सु प प्र ०१०११ प ४४७३ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक बैतडीको पुर्चौडी नगरपालिका८ का २४ वर्षीय प्रान्जल बमको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले स्कुटर अनियन्त्रित भएर सडकको ‘डिभाइडर’ मा ठोक्किएको र घाइते भएका बमलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए।

दुर्घटनामा स्कुटरमा सवार पुर्चौडीकै २६ वर्षीय सरोज बम घाइते भएका छन्। उनको माया मेट्रो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.