केपी ओली, रमेश लेखकलगायतको राहदानी रोक्काप्रति कांग्रेसको आपत्ति

डिसी नेपाल
१५ असोज २०८२ १०:११
284
Shares

काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक सहितका व्यक्तिहरूको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सरकार राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिशोधपूर्ण रूपमा गैरकानुनी, मानव अधिकार र व्यक्तिगत स्वतन्त्रतामाथि प्रत्यक्ष अघात पुग्ने गरी कार्य गर्न उद्यत रहेको बताएका छन्।

घटनाको छानबिन प्रारम्भ नहुँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिशोधपूर्ण रूपमा कथित आयोगको हवाला दिँदै गैरकानुनी गैरसंवैधानिक रूपमा मानव अधिकार, व्यक्तिगत स्वतन्त्रतामाथि प्रत्यक्ष अघात पुग्ने गरी आयोगलाई नभएको क्षेत्राधिकारविहीन कार्य गर्न गराउन सरकार उद्यत देखिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

सरकारको प्रत्यक्ष निर्देशनमा राजनीतिक दलका नेता तथा व्यक्तिको राहदानी रोक्का गरिएको कांग्रेसले जनाएको छ।

आफ्नै मुलुकभित्र पनि आवतजावत गर्न निषेध गर्ने किसिमका राजनीतिक प्रतिशोध प्रष्टै देखिने गरी निर्णय गर्न थाल्नुले यो सरकार आफ्नो तोकिएको जिम्मेवारी पूरा गर्ने र मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने भन्दा अर्कै बाटो हिँड्न खोजेको देखिन्छ,’ कांग्रेसले विज्ञप्तिमा भनेको छ।

भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्ने निर्णय गरेको थियो। साथै उनीहरूलाई आयोगको अनुमतिबेगर काठमाडौं बाहिर जान पनि रोक लगाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.