‘दशैं विगतजस्तो छैन, इन्टरनेटले सम्बन्धहरुलाई टाढा बनाएजस्तो लाग्छ’
काठमाडौं। सिमेन्ट उत्पादक संघका अध्यक्ष एवम उद्योगी नघुनन्दन मारु यसपालीको बडादशैंमा तिर्थयात्राको योजनामा छन्। भारतका केही महत्वपूर्ण धार्मिक स्थलहरुको पारिवारिक भ्रमण गरेर दशैं मनाउने योजना रहेको सुनाउँछन्।
विगतको दशैं र अहिलेको दशैंमा धेरै भिन्नता पाएको बताउँदै उनले इन्टरनेटका कारण मानिसहरुबीचको प्रत्यक्ष सम्बन्धमा दरार आएको उनी बताउँछन्।
‘विगतमा विराटनगरको पूरानो घरमा बसेर सामूहिक रुपमा दशैं मनाउँथ्यौं। हिजोआजको दशैं विगतमा जस्तो छैन्। क्लोजनेश हुन छाड्यो। इन्टरनेट वा एआइका कारण नजिक भएर पनि कम्युनिकेशन नहुँदा सम्बन्ध टाढा भएजस्तो लाग्छ,’ उनले भने।
बली प्रथाप्रति अरुचि राख्ने उनी पूर्ण रुपमा शाकाहारी रहेको बताउँछन्।
‘मैले धेरै साथीहरुलाई भेजिटेरियन बनाएको छु। जन्मजात ननभेजिटेरियन्ट भएका साथीहरुलाई भेजिटेरियन बनाएको छु। जसका कारण साथीहरुले मलाई बधाई समेत दिनुहुन्छ,’ उनले भने।







डिसी नेपाल







Facebook Comment