महोत्तरीमा माटोको ढिस्कोले पुरिँदा चार जनाको मृत्यु
xr:d:DAFhdlDCpbw:1729,j:6153453805784827749,t:23113010
महोत्तरी। महोत्तरीको हरिपुवा नगरपालिका-१, हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एकै परिवारका चार जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहका अनुसार मृतकहरूमा सोनमा गाउँपालिका-६, मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन्।
घटनापछि स्थानीयले उनीहरूलाई उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पु¥याएका थिए। तर अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले चारै जनालाई मृत घोषणा गरेको हो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment